×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५१.७९% वृद्धि हुँदा प्रति सेयर आम्दानी कति ?

काठमाडौं – हिमालयन बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । यो अवधिमा बैंकले खुद नाफा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ कमाएको थियो । यस अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा ५१.७९% धेरै हो। बैंकको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १६.६७% ले र सञ्चालन नाफा ३४.७५% ले बढेको छ । बैंकको खुद व्याज आम्दानी ५ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको थियो। यता, सञ्चालन नाफा ४ अर्व २ करोड रुपैयाँ पुर्याएको छ।
यो चौथो त्रैमाससम्म बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ८२ करोड रुपैयाँको ऋण लगानी गरेको छ । हाल चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ।
यता, बैंकको चुक्ता पुँजी ४.१९%, रिजर्भ कोष १७.७२, रिटेन्ड अर्निङ ४९.०९% ले बढेको छ। बैंकको खराव कर्जा ०.२८%ले घटेर १.१२%मा झरेको छ । अघिल्लो वर्ष बैंकको खराव कर्जा १.४०% रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँले बढेर ३३ रुपैयाँ पुगेको छ । हिमालयनको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: