हिमालयन बैंकको ३० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

काठमाडौं - हिमालयन बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो ऋणपत्रमा सोमबार कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले साउन २ गतेदेखि प्रति कित्ता  १ हजार रुपैयाँको दरले कुल ३० लाख कित्ता ऋणपत्र खुला गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता र सामूहिक लगानी कोषलाई ५% छुट्याइएको छ भने  सामूहिक लगानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्दैछ ।

बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो ।  यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ। यसमा लक्ष्मी क्यापिटल मार्केट, हिमालयन बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 
प्रकाशित मिति : Monday, August 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal