×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा, कुल शाखा संख्या १०२ पुग्यो

सातदोबाटो

काठमाडौं – ज्योति विकास बैंकले शाखा विस्तारका क्रममा बिहीबार ललितपुरको सातदोबाटोमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट भएको हो ।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरेका छन् ।
हाल ज्योति विकास बैंकले नयाँ शाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: