×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ८१.४७% ले वृद्धि

PRIME CA

किसान माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ८१.४७% ले वृद्धि

अर्थ सरोकार

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार

काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्था झन् मजबुत बन्दै गइरहेको छ । संस्थाको खुद नाफा ८१.४७% ले वृद्धि गरी २ करोड २१ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले यसै अवधिमा १ करोड २१ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ५३.९६% र १०२.८५% ले बढेको छ । अघिल्लो वर्ष ५ करोड ४२ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको किसानले यो त्रैमासमा बढाएर ८ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २ करोड ७१ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ३७ करोड २३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३२ करोड ३५ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हालसम्म किसानको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ६० लाख २३ हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा ०.७७% रहेको छ भने प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: