×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सलाम कुलमान ! जसले एनइएको बार्षिक ८ अर्व नाफा गरेर देश उज्यालो बनाउने टार्गेट लिए… (भिडियो)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनीकरण गर्दै विद्युतिकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आईतबार राजधानी काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले प्राधिकरणले टार्गेट पुरा गर्दै गएकाले आगामी बर्षमा हरेक चुनौतिहरुको सामना गर्दे जाने विश्वास पनि व्यक्त गर्नुभयो । 
उहाँले चालू आर्थिक बर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण गराउनुको साथै आगामी ४ बर्षमा सबै जिल्लामा विद्युत्को पहुँच पुर्याउने प्राधिकरणको लक्ष्य चुनौतीपूर्ण रहेपनि सबैको सहयोग र सहकार्यमा संभव गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारी लक्ष्य पुरा गर्न प्राधिकरणको प्रणाली र नवीकरणीय ऊर्जाका स्रोतबाट विद्युतीकरण गर्न लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो । गत आर्थिक बर्षमा टार्गेट गरे भन्दा बढी मुनाफा कमाएको भन्दै उहाँले चालु आर्थिक बर्षमा ८ अर्ब माथि मुनाफा कमाउने दाबी गर्नुभयो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: