कुमारी बैंकले गर्यो १०% बोनस सेयर दिने घोषणा !

काठमाडौं - कुमारी बैंकले १०% बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट हालको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँको १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद दिने निर्णय गरेको हो । 

बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ वितरण गर्नेछ । बोनस वितरणपछि बैंकको पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Wednesday, August 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal