×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्याक्टर दुर्घटना परी कुमारी बैंकका सहायक म्यानेजरको मृत्यु, जागिर सकेर फर्कंदै थिए घर…!

अर्थ सरोकार

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार

PRIME CA

ट्याक्टर दुर्घटना परी कुमारी बैंकका सहायक म्यानेजरको मृत्यु, जागिर सकेर फर्कंदै थिए घर…!

रेखा चन्द / अर्थ सरोकार डटकम
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा कुमारी बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी कुमारी बैंकको डडेलधुरा शाखामा कार्यरत भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले पुष्टि गरेको छ । 
अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिएका छन् ।
दुर्घटनापछि उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको डीएसपी न्यौपानेले जानकारी दिएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: