×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एलआइसी नेपालले गर्यो प्रगति, खुद नाफा २०.०४%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा २०.०४%ले वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा १३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष १६ करोड १५ लाख ३१ हजार रुपैयाँ  कमाएको छ । 
यस्तै, कम्पनीले खुद बिमा शुल्क पनि २८.२४% ले बढाएर १३ अर्ब ३४ करोड पुर्याएको छ । अघिल्लो वर्ष एलआइसीले १० अर्ब ४० करोड रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । कम्पनीको कुल दाबी भुक्तानी ३ अर्व ३९ करोड ११ लाख रुपैयाँ रहेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ। 
कम्पनीले चुक्ता पुँजी ११.९९% र रिजर्भ कोष ०.१४% ले बढाएको छ । यस्तै, बिमा कोषको आकार पनि २७.८९% ले बढाउन सफल भएको छ । एलआइसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५१ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: