लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पठायो ३५.५३% नगद लाभांश सेयरधनीको खातामा


काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ३५.५३% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । कम्पनीले आइपिएसमार्फत सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो। 

कम्पनीले हालसम्म पनि डिम्याट खाता नखोल्ने सेयरधनीलाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता खोलेपछि मात्र नगद जम्मा हुनेछ । यता, बोनस सेयर भने सीडीएस तथा नेप्सेमा सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal