लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

काठमाडौँ - लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका-०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । 

विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण भयो ।

बैंकले देशभर ६५ शाखा र १३ वटा एटीएमका साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रकाशित मिति : Thursday, August 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal