माछापुच्छ्रे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन, कहाँ-कहाँ पुग्यो सेवा ?

कलैया
काठमाडौं - मामाछापुच्छ्रे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ । उक्त कार्यालयहरुको उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतनिधि एवं माछापुच्छे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो ।

यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

यसरी, बैकले प्रदेशमा आफ्ना नयाँ शाखासहित १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवामार्फत २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।
प्रकाशित मिति : Wednesday, August 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal