×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकले गर्यो १६% लाभांश दिने घोषणा, नगद र बोनस कति ?

काठमाडौं – माछापुच्छ्रे बैंकले पनि १६% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ११% नगद र ५% बोनस दिने निर्णय गरेको छ । बैंकले ४० करोड २७ लाख ८४ हजार ६५० रुपैयाँ बराबरको बोनस र ८८ करोड ६१ लाख २६ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
हाल माछाको चुक्ता पुँजी ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: