×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालय परिसरमा, पोखरेल र थापाद्वारा उद्घाटन

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।
एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: