×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकले ल्यायो ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, यस्ता छन् सुबिधाहरु

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको हो । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ ।
खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १,५०,००,००० (डेढ करोड) सम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ ।
यो खाता खास गरी निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमूलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास लिएको छ । ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।
यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शत प्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । साथै मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बीमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: