×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गर्यो ३०% बोनस सेयर दिने घोषणा !

काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले ३०% बोनस सेयर दिने भएको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति ८९औँ बैठकले आर्थिक २०७५–७६ को नाफाबाट ३०% बोनस सेयर दिने निर्णय गरेको हो । साथै संस्थाले बोनसमा लाग्ने कर तिर्न १.५८% नगद पनि दिने भएको छ । 
कम्पनीले १९ करोड ७३ लाख ४० हजार बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न १ करोड ३ लाख ९३ हजार रुपैयाँ नगद खर्च गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि मेरोको चुक्ता पुँजी ८५ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: