मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिंदै, बोनस सेयर र नगद कति ?

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाइ ४७.३६% लाभांश दिने भएको छ । संस्थाको शनिबार बसेको सञ्चालक समिति १५६औँ बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट  ४५% बोनस दिने निर्णय गरेको हो ।  साथै संस्थाले बोनसमा लाग्ने कर तिर्न २.३६% नगद पनि दिने भएको छ  । कम्पनीले बोनसमा ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र नगदमा ३० लाख ५० हजार २०४ रुपैयाँ बितरण गर्ने भएको छ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Sunday, August 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal