मुक्तिनाथ विकास बैंकले खरिद गर्यो भिबोर क्यापिटल !

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटललाई खरिद  गरेको छ ।  बैंकले क्यापिटलको बहुमत सेयर खरिद  गरेको हो । बैंकले ११ करोड ६६ लाख रुपैयाँमा क्यापिटलको चुक्ता पुँजीको ५८% र जारी पुँजीको ५२.२२% सेयर स्वामित्व किनेको हो । गत असार ३१ गते बैंकले भुक्तानी गरिसकेको छ ।

अब मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटलको रुपमा कम्पनी सञ्चालन गर्नेछ । नाम र लोगो परिपर्तन गर्ने विशेष प्रस्तावसहित आगामी भदौ २७ गतेका लागि भिबोरले साधारणसभा बोलाएको छ ।
प्रकाशित मिति : Sunday, August 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal