×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंकको १४% सम्म लाभांश क्षमता, खुद नाफा १३.८१%ले वृद्धि

काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १३.८१% ले वृद्धि गरी १ अर्ब ५२ करोड ६८ लाख २४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले १ अर्ब ३४ करोड १५ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब १९ करोड ९७ लाख ९१ हजार रुपैयाँ रहेको छ । जसबाट बैंकले १४% सम्म लाभांश दिन सकिने क्षमता रहेको छ।
बैंकको खुद ब्याज आम्दानी ९१.४८%ले र सञ्चालन नाफा २०.७६%ले वृद्धि गर्न सफल रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्व ८ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । साथै सञ्चालन नाफा ३७ करोड ३ लाख १४ हजार रुपैयाँले बढाएर २ अर्व १५ करोड ४० लाख २७ हजार रुपैयाँ पुर्याएको छ । 
यो चौथौ त्रैमाससम्ममा बैंकले ६७ अर्व ३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्व १३ करोड १८ लाख कर्जा प्रवाह गर्न सफल रहेको छ । बैंकले चुक्ता पुँजी ४९.९७%ले बढाएर ७ अर्व १ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ। जगेडा कोष भने ०.६१%ले घटेर ३ अर्व ५९ करोड ५९ लाख रुपैयाँमा सिमित रहेको छ भने रिटेन्ड अर्निङ ८३१.८६% ले बढेको छ । 
यसअवधिमा बैंकको खराब कर्जा १.०९%ले र कष्ट अफ फन्ड ०.७८%ले घटेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: