×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकका यी ‘बहादुर’ गार्ड, जसले बैंक लुट्न आएका लुटेरालाई च्याप् समातेर लात्तीले भकुरे, अनि प्रहरीलाई बुझाए !

कलैया । कोहि-कोहि मान्छे कति आँटिला हुन्छन् । बैंकको सेक्युरिटीमा यस्तै आँटिला मान्छेको आवश्यक पर्छ । यस्तै भएको छ एनसीसी बैंकको हकमा पनि । बिहिबार राती बाराको एनसीसी बैंकका सुरक्षा गार्डले शाखा लुटिनबाट जोगाएका छन् । 
बैंक लुट्न गएका ती लुटेरालाई बैंकका सुरक्षा गार्डले समातेर प्रहरीलाई बुझाएका छन् । बैंकको पैसा लुट्न भनेर बैंकको छतबाट छिरेर मूलढोकाको तार काट्ने मात्र होइन, लुटेराले सीसीटिभीको तारसमेत काटिसकेका थिए । लुटेरा भर्खर १७ वर्षका किशोर थिए । चोरीको सुइको पाएपछि बैंकका सुरक्षा गार्ड साहेव प्रसाद यादवले ती किशोरलाई पक्राउ गर्न सफल भएका थिए ।
‘पहिला च्याप समातें, लात्तीले भाकुरें, अनि प्रहरीलाई बुझाएँ। ‘ उनले भनेका छन् ।  बैंक टुटेरालाई पक्राउ गरेर बहादुरी देखाएको भन्दै उनलाई प्रहरीलेसमेत सम्मान गरेको छ । यादवको कार्यको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले नगद ५ हजारसहित पुरस्कृत गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: