×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रातो बङ्गला फाउण्डेसन र शिक्षामन्त्रालयसँग एनसेलको सहकार्य

काठमाडौँ – एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ । 
उक्त तीन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक–शिक्षिकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए । सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक–शिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो । 
शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विशेषज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । 
सम्मेलन शनिवार शुरु भएको थियो । “२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समानपहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि गिरीराज मणि पोखरेलले भने । 
सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको उपस्थिती रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागि शिक्षक–शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षाकोठा लगेर बाड्न सुझाइन् । 
“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधिमन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । 
“आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई प्लेटफर्म प्रदानगर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुर्याउनमा एनसेलको यो सहकार्य केन्द्रित रहेको छ । यस अन्तर्राष्ट्रिय सम्मलेनमार्फत स्थानिय तहका शिक्षक–शिक्षिका सम्म पुगी उनीहरुलाई सिपसिकाईका अवसरहरु प्रदान गर्नु हाम्रो उदेश्य हो ।”
“अन्तर्राष्ट्रिय सिकाई पद्धती, हाम्रा स्थानीय कक्षा कोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षक–शिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,”रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् । 
“सार्वजनिकतथानिजी क्षेत्रकादुवैको संलग्नताले नेपालको परिवेशमा गुणस्तरीय शिक्षाप्रवर्धन गर्नको लागि यो सम्मेलनउत्कृष्टप्लेटफर्म बन्यो ।साथै ३०० सामुदायिकविद्यालयकाशिक्षकशिक्षिकाहरुलाई यस सम्म्ेलनमा भाग लिनका लागि दर्तामा सहगोग गर्न सहकार्य गरेकोमा एनसेल प्रति हामी आभारी छौं र अब एनसेलसँगको सहकार्यमा नै हामी प्रदेश तहमा यस सम्मेलन पश्चात आयोजना गर्ने योजनामा रहेका साना सम्मेलनहरु आयोजना गर्नेछौं । ”
यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बाल विकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुनेछन् । 
एनसेल र व्यवसायिक सामाजिक जिम्मेवारीबारे 
एक जिम्मेवार व्यवसायिक नागरिकको रुपमा एनसेलले देशको सामाजिक तथा आर्थिक विकासका लागि उल्लेखनिय योगदान पुर्याएको छ । 
कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत २०११—२०१८ सम्ममाशिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, युवाप्रतिभाप्रर्वद्घन जस्ता थुप्रै विभिन्न सामाजिक पहलहरुमा रु ६७ करोडभन्दा बढी योगदान पुर्याइसकेको छ । एनसेलले शिक्षा क्षेत्रमामात्र रु १० करोड भन्दा बढी योगदान पुर्याइसकेको छ र बिगत ८ बर्षमाशिक्षा क्षेत्रमा भएका विभिन्न कार्यत्रमहरुले ५ दर्जनभन्दा बढी सरकारी तथा सामुदायिक विधालयका २६००० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: