एनआईसी एशिया बैंक र चौराहा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचारमा १०%सम्म छुट पाउने

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : Friday, August 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal