एनएमबि बैंकद्वारा बाँकी रहेको लाभांश लिन सेयरधनीलाई आह्वान !

काठमाडौं - एनएमबि बैंकले आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लिन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०६९/७० देखिको लाभांश ३५ दिनभित्र लैजान सेयरधनीलाई आग्रह गरेको हो । सूचना जारी गरेको ३५ दिनभित्र पनि सेयरधनीले लाभांश नलगे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

सेयरधनीहरुले एनएमबि बैंकको सेयर रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंस्थित सेयर शाखामा सम्पर्क गरी लाभांश लिन सक्नेछन् भने लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि बोक्नुपर्नेछ ।
प्रकाशित मिति : Sunday, August 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal