×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआरएन इन्फास्ट्रक्चरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लि.को ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ आउने भएको छ । कम्पनीले  १०० रुपैयाँ दरको ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले  गर्ने भएको छ । 
सन् २०१२ मा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: