×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्वार्टर रिपोर्ट : नबिल बैंक लिमिटेडको नाफा ४ अर्ब नाघ्यो, अन्य सूचक पनि उत्साहजनक !

काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको नाफामा ७.८४ प्रतिशतको बढोत्तरी हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ । 
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो । समिक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो २१.९३ प्रतिशतको बढोत्तरी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा ०.७४ प्रतिशत, बैंककोे मूल्य आम्दानी अनुपात १६.७९ गुणा, प्रतिशेयर नेटवर्थ दुई सय ५८ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा, आधार ब्याजदर ८.०९ प्रतिशत, कोषको लागत ६.१३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७१ प्रतिशत र सीसीडि ७२.९ प्रतिशत रहेको उल्लेख छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: