नागबेली लघुवित्त वित्तीय संस्थाले २६% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौँ - नागबेली लघुवित्त वित्तीय संस्था लि. ले २६% बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६% बोनस दिने निर्णय गरेको हो । साथै, बैठकले बोनसमा लाग्ने कर तिर्न १.३६८% नगद पनि दिने भएको छ। 

कम्पनीले आफ्नो सेयरधनीहरुलाई ४ करोड ३५ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर तिर्न २२ लाख ९४ हजार रुपैयाँ नगद वितरण गर्ने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ रहेको छ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Monday, August 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal