नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले गर्यो १५% नगद लाभांश दिने घोषणा !

काठमाडौँ - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १५% नगद लाभांश दिने भएको छ । संस्थाको शनिबार बसेको सञ्चालन समितिको ४७औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% नगद लाभांश दिने निर्णय गरेको हो । 

संस्थाले नगद लाभांश वितरण गरेबापत लाग्ने कर प्रयोजनका लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ दिने भएको छ । स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : Sunday, August 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal