शाखा विस्तारमा अघि बढ्दै नेपाल बङ्गलादेश बैंक, एकैसाथ ६ नयाँ शाखा सञ्चालन

भक्तपुर
काठमाडौं - नेपाल बङ्गलादेश बैंकले थप ६ शाखा विस्तार गरेकाे छ । शाखा विस्तारको क्रममा बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौँ जिल्लाको टोखा र तिलगङ्गा, भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको हाे ।

यसरी, बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

हाल यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Monday, August 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal