×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ५१.९९% ले वृद्धि हुँदा बिमा कोषमा कति ?

काठमाडौं – नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा १८ करोड ५ लाख ८० हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५१.९९% बढेको छ । अघिल्लो वर्षको कम्पनीको खुद नाफा ११ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको थियो । 
यस्तै, नेपाल इन्स्योरेन्सले बिमा कोषको आकार पनि १९ करोड ५२ लाख रुपैयाँबाट बढाएर २८ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ । साथै, कम्पनीले ५८ करोड १९ लाख २६ हजार रुपैयाँ  खुद बिमा शुल्क आर्जन गरेको छ ।
यो चौथौ त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ३६ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ । पुनर्बिमा कमिसन आय पनि ११ करोड २८ लाख रुपैयाँबाट बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७२ पैसा (वार्षिक) रहको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: