×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक इतिहासकै कमजोर अवस्थामा, खराव कर्जा १००% ले बढ्यो !

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट आएको छ । यो विवरण अनुसार बैंकको खुद नाफा ६.६६%ले घटेको छ । अघिल्लो वर्ष यसैअवधिमा ३ अर्ब ६५ करोड ९३ लाख २३ हजार रुपैयाँ आर्जन गरेको बैंकले यो अवधिमा झरेर ३ अर्ब ४१ करोड ५६ लाख ३ हजार रुपैयाँमा सिमित रहेको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ रहेको छ । जस अनुसार १०% सम्म लाभांश बाड्ने क्षमता रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी ५.१७% ले वृद्धि गरी ६ अर्व १५ करोड ३१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ५ अर्व ८५ करोड १ लाख रुपैयाँ कमाएको थियो । यता, सञ्चालन नाफा भने १४.७६%ले घटेर ४ अर्व २२ करोड ६६ लाख रुपैयाँ पुगेको छ । 
यो चौथौ त्रैमाससम्ममा बैंकले १ खर्ब ४९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा लगानी गरेको छ । बैंकले जगेडा कोषको आकार १२.११%ले बढाएर १० अर्व ९५ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ । 
बैंकको खराव कर्जा १.४२%ले बढेर २.७८% पुगेको छ । अघिल्लो वर्ष बैंकको खराव कर्जा १.३६% रहेको थियो ।बैंक बेस रेट ८.३३% ले र कस्ट अफ फन्ड ६.३१% रहेको छ। यो अवधिमा बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ १२ पैसाले घटेर २६ रुपैयाँ ५४ पैसामा झरेको छ। बैंकको प्रति सेयर नेटवर्थ ३३ रुपैयाँ ८९ पैसाले घटेर १९९ रुपैयाँ ७८ पैसामा सिमित रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: