नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल


काठमाडौं - नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार जारी गर्ने भएको छ । उक्त ट्रेजरी बिल जारी गर्नको लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी बिल २०७६ साल कात्तिक २६ गते परिपक्व हुने गरी ९१ दिनको लागि जारी गर्न लागेको हो ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal