×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओमले एनएमबि बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न साउन २७ मा बोलायो साधारणसभा, अन्य के-के छन् एजेण्डा ?

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले एनएमबि बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न साउन २७ गते वार्षिक साधारण सभा  बोलाएको छ । बैंकले साउन ३ गते (शुक्रबार) बसेको सञ्चालक समितिको १६९औँ बैठकले उक्त मितिमा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभामा बैंकले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पेश गर्नेछ। साथै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि छ । एनएमबि र ओम १००ः७६ सेयर स्वाप रेसियोमा मर्ज गर्दैछन् । 
ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो । मर्जरपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: