भदौ १५ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले भदौ १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार थारु समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal