×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१० मिनेट खाली कुर्सी देखाएर बन्द भयो ‘सिधा कुरा जनतासँग’, अर्को प्रशारण अनिश्चित !

काठमाडाैं । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रवि पक्राउ परेपछि न्यूज २४ले खाली कुर्सीमात्र देखाएको छ भने रविका भनाइ फ्ल्यास न्यूजमा राखेको छ ।  अव अर्को प्रशारण कहिले हुन्छ वा तत्काल हुँदैन भन्ने कुरा अझै पनि अनिश्चित छ । 

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको डिआइजी शैलेश थापाले पुष्टि गरे। । उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ।
उनी पक्राउ परेपछि सिधा कुरा जनतासँग कार्यक्रम अवरुद्ध भएको छ ।

उनलाई थमाइएको पक्राउ पूर्जीमा घटनासम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: