×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको एकैदिन १४ नयाँ शाखा उद्घाटन, शाखा सञ्जाल २३६ पुग्यो

दाङ

काठमाडौं – देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ । बुधबार एकैदिन १४ वटा नयाँ शाखाको उद्घाटन गरी कुल शाखा संख्या २३६ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त शाखाहरुको संयुक्त उद्घाटन गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं १ मा झापाको चकचकी र मोरङको कर्सिवाबजार, प्रदेश नं २ मा रौतहटको चन्द्रपूर, पर्साको पोखरीया तथा महोत्तरीको बलवाबजार र पिपरामा शाखा विस्तार गरेको छ । यस्तै, प्रदेश नं ३ मा मकवानपुरको भिमफेदी र काठमाडौं कोटेश्वर र टोखामा शाखा खोलेको छ ।
यता, गण्डकी प्रदेशमा नवलपुरको टांगीकोट र तनहुको खैरेनीटार तथा प्रदेश नं ५ मा दाङको घोराही, कपिलवस्तु चन्द्रौटा र पूर्तिघाट गुल्मीमा शाखा विस्तार गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: