×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘एसएमईज फेयर’ २०१९ भदौमा हुने, श्रृंगारका सामग्रीदेखि खाद्य परिकारका वस्तुसम्मका ‘स्टल’ रहने ! (भिडियो रिपोर्ट)

काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघ नेपालले आगामी भदौ १९ गते देखि राजधानीमा SME Fair 2019 गर्ने भएको छ । महासंघले सनिबार पत्रकार सम्मेलन गरि SME Fair 2019 बारे जानकारी गराएको हो । विश्व पर्यटन दिवसको सन्दर्भ योजना गर्न लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा भदौ १९ देखि २३ गते सम्म हुने SME Fair 2019 मा हस्तकला, काष्ट निर्मित, श्रृंगार, अल्लो र ढाकाका कपडा, छ्वाली, बांसबाट र्निमित सामाग्रीको साथै खाद्य परिकारका १ सय स्टल रहने छन् । प्रर्दशनीमा विभिन्न संस्कृति झल्किने झाँकीको साथै ख्यातीप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम पनि गरिने महासंघले जनाएको छ । महासंघका अध्यक्ष बाबुकाजी महर्जनले महासंघसंग आवद्ध भएका व्यवसायीहरुको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा सकेसम्म वस्तु विविधतालाई प्राथमिकता दिईने बताउनुभयो ।
महासंघले प्रर्दशनीमा सहभागी व्यवसायीहरुलाई चिनको हाईनानमा रहेको स्थायी विक्रि केन्द्रमा स्टल राख्नका लागि प्राथमिकता दिने जनाएको छ । हाईनान फाया इन्भेष्टमेण्ट कम्पनी चाईनाले महासंघलाई हाईनन प्रान्तको बोआयो शहरमा १ सय भन्दा विक्रि केन्द्र (स्टल) निशुल्क उपलब्ध गराएको छ । बोआयोमा निशुल्क प्रदान गरिएको १ सय वटा विक्रि केन्द्र (स्टल) ले नेपालका व्यवसायीलाई आफ्ना उत्पादनको बजार प्रवद्र्धन र अन्तराष्ट्रियकरणका लागि ठुलो मद्दत पुर्याउने विश्वास महासंघका अध्यक्ष महर्जनले व्यक्त गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एक घर एक व्यवसाय प्रतिवद्ध भई व्यवसायीक एकतालाई मजबुत बनाउदै अन्तराष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दै आएको छ । महासंघको नेतृत्वमा समय समयमा व्यवसायीहरु अन्तराष्ट्रिय प्रर्दशनीहरुमा सहभागी भई आफ्ना उत्पादनको बजार प्रर्वद्धन पनि गर्दै आएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: