×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सगरमाथा इन्स्योरेन्सको खुद नाफा २०.४७% घट्दा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा कमी आएको छ । यो अवधिमा कम्पनीले खुद नाफा २७ करोड ६५ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा २०.४७% ले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले खुद नाफा ३४ करोड ७७ लाख ६८ हजार रुपैयाँ कमाएको थियो । 
यता, कम्पनीको खुद बिमा शुल्क भने १७.२६% ले बढेर १ अर्ब १ करोड ४१ लाख ६६ हजार पुर्याएको छ । अघिल्लो वर्ष सगरमाथाले ८६ करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । कम्पनीले ९५ करोड ६१ लाख ३२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८५ करोड ७२ लाख ६१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रकम रहेको छ ।   
यो चौथौ त्रैमाससम्ममा कम्पनीले चुक्ता पुँजी ८६% ले बढाएर १ अर्ब १२ लाख पुर्याएको छ । तर, रिजर्भ कोष भने ३५.२०%ले घटेर ३४ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । 
कम्पनीको प्रतिसेयर आम्दानी पनि ३४ रुपैयाँ ६२ पैसाले घटेर २७ रुपैयाँ २६ पैसामा आएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ८८ पैसा थियो । सगरमाथाको प्रतिसेयर नेटवर्थ पनि ३०१ रुपैयाँ ७४ पैसाबाट घटेर १९१ रुपैयाँ १७ पैसामा आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: