×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साना किसान विकास लघुवित्तको खुद नाफा २४.९२%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा !

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा  सुधार भएको छ। यो त्रैमासमा संस्थाले खुद नाफा २४.९२%ले वृद्धि गरी ४९ करोड १० लाख २४ हजार रुपैयाँ कमाएको रिपोर्ट बाहिरिएको छ । अघिल्लो वर्षको संस्थाले ३९ करोड ३० लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २२.३५% र २४.९९% ले वृद्धि गरेको छ । संस्थाको खुद ब्याज आम्दानी ९१ करोड ८९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ। साथै, सञ्चालन नाफा ६१ करोड ६५ लाख ६७ हजार रुपैयाँबाट बढेर ७७ करोड ६ लाख ७५ हजार रुपियाँ पुर्याएको छ । यता खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको कारणले गर्दा खुद नाफा पनि बढेको देखिछ। 
यो चौथौ त्रैमाससम्ममा संस्थाको रिजर्भ कोष पनि मजबुद बन्दै गएको देखिछ । रिजर्भ कोष  ४१.७१% ले बढोत्तरी गरी १ अर्व ६७ करोड ८६ लाख ६० हजार रुपैयाँ जम्मा  गरेको छ । यस अवधिमा संस्थाले १७ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई २० अर्ब ४५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । 
यता संस्थाको खराब कर्जा ०.०८% र कस्ट अफ फन्ड ५.९०% छ । संस्थाको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ ५६ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: