×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ४०.६०%ले वृद्धि हुँदा जगेडा कोष पनि मजबुत !

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनि।कगरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ४०.६०%ले बढोत्तरी गरी ८ करोड ९१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले खुद नाफा ६ करोड ३३ लाख रुपैयाँ कमाएको थियो। 
यस्तै, कम्पनीले खुद बिमा शुल्क ३४६% ले वृद्धि गरी ४१ करोड ७९ लाख रुपैयाँमा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । साथै, कम्पनीको बीमा कोषको आकार पनि ५ करोड ११ लाख रुपैयाँबाट बढेर २२ करोड २८ लाख रुपैयाँ पुर्याएको छ। 
यो चौथौ त्रैमाससम्ममा कम्पनीको जगेडा कोष पनि मजबुत भएको छ । कम्पनीकोे जगेडा कोष १३४% ले बढेको छ । कम्पनीको जगेडा कोष छ करोड १५ लाख रुपैयाँबाट बढेर १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 
यता, कम्पनीले कूल बीमा शुल्क ५२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यता, कम्पनीले ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: