पत्रकार पुडासैनी आत्महत्या प्रकरण : पुडासैनीले डोरी किनेको पसल भेटियो


चितवन - आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो ।

नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो । पुडासैनीले चितवनको श्रेष्ठ पसलबाट डोरी किनेको भिडियो प्रहरीले फेला पारेकाे छ ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको हाे । सीसीटीभीमा कैद भएको भिडियो प्रहरीले अनुसन्धानका लागि लिएको जनाएको छ ।
प्रकाशित मिति : Monday, August 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal