×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं – सिर्जना फाइनान्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद जारी गर्न भदौ २० गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार, भदौ १९ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।
सिर्जना फाइनान्सले १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने सिर्जनाको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: