×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्स उकालो लाग्न असफल, खुद नाफा २७.३१% ले गिरावट

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक घटेको छ । यो अवधिमा बैंकको खुद नाफा २७.३१% ले घटेको छ । अघिल्लो वर्ष २९ करोड ५२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो अवधिमा घटेर २१ करोड ४६ लाख ४६ हजार रुपैयाँमा सिमित रहेको छ । 
यस्तै, कम्पनीले खुद बिमा शुल्क ८२ करोड १८ लाख ७८ हजार आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८८ करोड ६३ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अनुसार, कम्पनीको खुद बिमा शुल्क ७.२८% ले घटेको छ 
कम्पनीले खुद दाबी भुक्तानी ५५ करोड ४० लाख १७ हजार रुपैयाँ गरेको छ भने भुक्तानी हुन बाँकी रकम ८७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ । यता, बिमा कोषको आकार भने १९.२३% बढेर ६६ करोड ४६ लाख ४२२ हजार रुपैयाँ पुगेको छ । 
यो अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड ५५ लाख ५४ हजार रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ ८९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: