सिर्जना फाइनान्सले पायो ६०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल !

काठमाडौं - सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । 

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Friday, August 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal