×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा १३.९४% ले वृद्धि, लाभांश क्षमता कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा १३.९४% ले वृद्धि, लाभांश क्षमता कति ?

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २ अर्ब ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १३.९४% ले धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्व १८ करोड ९८ लाख ९८ हजार रुपैयाँ कमाएको थियो । यता, यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ८० करोड २४ लाख ५३ हजार रुपैयाँ रहेको छ । जसबाट २२% सम्म लाभांश बाड्न सकिने क्षमता रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६.८२% र १५.३५% ले बढेको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ५२ करोड ३१ लाख ८९ हजार रुपैयाँ कमाएको छ । सञ्चालन नाफा ३ अर्व ४८ करोड ७ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । 
यो चौथौ त्रैमाससम्ममा बैंकले निक्षेप संकलन १२.९२%ले र कर्जा लगानी १९.१८%ले बढेको छ । बैंकले ७५ अर्व ७३ करोड १५ लाख निक्षेप संकलन गरी ५३ अर्व ११ करोड १ लाख कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोष १४.६७%ले बढेर ५ अर्व १७ करोड २८ लाख रुपैयाँ जम्मा गरेको छ ।   
बैंकको खराव कर्जा ०.०३% घटेर ०.१५%मा झरेको छ। संस्थाको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८२ पैसाले बढेर ३१ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: