समिट माइक्रोफाइनान्सले गर्यो २१.०९% बोनस सेयर दिने घोषणा, कर तिर १.११% नगद पनि !

काठमाडौं - समिट माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०९% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति १८१ औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट २१.०९% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्न १.११% नगद पनि दिने भएको छ । 

कम्पनीले ४ करोड ४३ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न २३ लाख ३१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २५ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal