×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नैकापमा सनराइज बैंकको शाखा विस्तार, शाखा सञ्जाल ११६ पुग्यो

नैकाप

काठमाडौँ – सनराइज बैंकले काठमाडौँको नैकापमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । एक औपचारिक कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका सञ्चालक समितिका सदस्यहरु ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरे ।
यससँगै बैंकको शाखा संख्या ११६ र एटिएम संख्या १३४ पुगेको छ । यसबाहेक ३८ वटा शाखारहित बैंकिङ्ग सेवा र ५ वटा एक्सटेन्सन काउण्टरमार्फत बैंकले ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: