×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकका दुई नयाँ शाखा गुल्मीको तम्घास र पर्वतको कुश्मामा, शाखा सञ्जाल ११९ पुग्यो

पर्वत

काठमाडौँ – सनराइज बैंकले गुल्मीको तम्घास र पर्वतको कुश्मामा नयाँ शाखा तथा ललितपूरको सानागाउँमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
आइतबार आयोजित औपचारिक कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा कुश्मा शाखाको उद्घाटन गरे भने पर्वत जिल्लाकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे ।
रेसुंगा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा तम्घास शाखाको उद्घाटन गरे ।
त्यस्तै, सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।
यससँगै सनराइज बैंकको शाखा संख्या ११९, एटिएम १३७ र एक्सटेन्सन काउन्टर ६ वटा पुगेको छ । यसबोहक, बैंकका ३८ वटा शाखारहित बैंकिङ्ग सेवा छन् भने पाँच लाखभन्दा बढी ग्राहक रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: