×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रत्नराज बज्राचार्यको ‘लाष्ट इनिङ’मा यस्तो देखियो सनराइजको वित्तीय अवस्था, १ अर्व ७० करोड नाफा !

काठमाडौँ । सनराइज बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले १५.५८ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा कमाएको १.४७ अर्वको नाफालाई बढाएर १.७० अर्व पुर्याएको छ । बैंकको विवरण योग्य नाफा भने १.११ अर्व छ । यो हिसावले बैंकले झन्डै १३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । 
बैंकले निक्षेपलाई ११.९७ ले बढाएर ७५.४३ पुर्याएको छ भने १६.३२ प्रतिशतले बढाएर कर्जालाई ६८.८७ अर्व पुर्याएको छ । बैंकको नेट इन्कम भने ३.५९ अर्वबाट घटेर २.८७ अर्व पुगेको छ । बैंकको इपिएस २०.९४ देखिएको छ भने प्रति सेयर नेटवर्थ १५१.४७ रहेको छ ।
यसअवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड छ भने जगेडा कोषमा ४ अर्ब १९ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशत छ भने  पैसा र मुल्य आम्दानीको अनुपात ११.८४ गुणा छ।


यद्यपी बैंकले गरेको नाफा सबै पूर्व सीइओ रत्नराज बज्राचार्यको काम हो । यसलाई नयाँ सीइओ जनक शर्मा पौड्यालले निरन्तरता दिनेमा शंका छ ।संस्थागत गुटबन्दीले छिया छिया पारेको बैंक आगामी दिनमा ओरालो लाग्ने प्रक्षेपण अधिकांस लगानीकर्ताको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: