सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयर भदौ ८ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

राइट इस्युज : 
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी 
हकप्रद सेयर : ७०%
खुल्ला हुने मिति : भदौ ८ गते
भर्ने अन्तिम मिति : असोज १२ गते

विवरण : 
सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

आवेदन दिन सकिने साखाहरु :
एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सूर्या लाइफ इन्स्योरेन्सको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखा र पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी  : १ अर्ब १३ करोड १९ लाख रुपैयाँ
प्रकाशित मिति : Sunday, August 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal