×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्वाभिमान लघुवित्तले मार्यो छलाङ, खुद नाफा ११०४०.५१% ले वृद्धि हुँदा रिजर्भ कोष पनि मजबुत !

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.को आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक मजबुत भएको छ । त्रैमासमा संस्थाको खुद नाफा ११०४०.५१% ले वृद्धि गरी २ करोड ५८ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष संस्थाको खुद नाफा २ लाख ५५ हजार रुपैयाँ मात्र कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी २८३.५१% ले र सञ्चालन नाफा १४६०५.४९% ले वृद्धि गर्न सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानी ५ करोड ३२ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । सञ्चालन नाफा पनि २ लाख ५५ हजारबाट बढेर ३ करोड ७४ लाख ९९ हजार रुपैयाँ पुगेको छ। 
अघिल्लो वर्ष यसैअवधिमा २७ लाख १ हजार रुपैयाँ ऋणात्मक रहेको स्वभिमानको रिजर्भ कोष ९५६.९०% ले बढेर २ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन १३५.१६% र कर्जा लगानी ८५.२५% बढेको छ । 
यता, संस्थाको खराब कर्जा ०.०५%बाट बढेर ०.६०% पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: