×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गर्यो २६.७५% बोनस सेयर दिने घोषणा, कर तिर्न १.४०% नगद पनि !

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २६.७५% बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २६.७५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.४०% नगद दिने निर्णय गरेको हो । 
कम्पनीले ७ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस र ३७ लाख ९४ हजार रुपैयाँको नगद लगानीकर्तालाई वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ९५ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: